स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिने दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९’ को सम्पुर्ण तयारी पुरा

खेलकुद

बाराको सिमरामा भोलिदेखि शुरु हुने दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक सिमरा भेट्रान क्लबले जनाएको छ ।

प्रतियोगिता स्थल सिमरा रंगशालामा आज पत्रकार सम्मेलको आयोजना गर्दै सिमरा भेट्रान क्लबले प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने जनाएको छ । भोलिदेखि शुरु हुने प्रतियोगिता असोज १ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा बागमती भेट्रान, भेट्रान सिटि भेट्रान विरगञ्ज, भुटनदेवी भेट्रान, विरगञ्ज सिटि भेट्रान, काल भैरव भेट्रान हेटौडा, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान चितवन, विरगञ्ज युथ एकेमेडमी भेट्रान, काठमाण्डौ भेट्रान, कलकत्ता भेट्रान भारत, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, दार्जिलिङ भेट्रान भारत, सिमरा भेट्रान ए र सिमरा भेट्रान बिको सहभागिता रहने प्रतियोगिता संयोजक हरि चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उप बिजेताले ७५ हजार रुपैया पाउने संयोजक चौधरीले बताउनुभयो । प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच पुर्व श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताको सह–प्रायोजकमा हुलास स्टिल सिमरा, जगदम्बा स्टिल सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ ।

यसैगरी प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री सिमरा, ईसुरेन्स पार्टनरमा जनरल ईन्सुरेन्स, हस्पिटालिटि पार्टनरमा अल्पाईन हस्पिटल सिमरा र मिडिया पार्टनरमा गोल नेपाल डटकम, रेडियो समर्पण ९८.२ मेगाहर्ज, ई सिलालेख डटकम र ए वान समाचार डटकम रहेको छ । भोलिदेखि शुरु हुने प्रतियोगितको गोल नेपाल डटकमले प्रत्यक्ष प्रशारण गर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै स्वर्गिय मञ्जुदेवी गुप्ताका छोरा श्यामबाबु गुप्ताले प्रतियोगिता सफल्ताको शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाली काग्रेसका युवा नेता समेत रहनुभएका गुप्ताले भेट्रान प्रतियोगिताले सिमराको पहिचान स्थापित गराउन थप मद्धत पुग्ने भन्दै सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।

पत्रकार सम्मेलमा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाउले लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत (विजय) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संचार संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *