हनी ट्रयापमा पक्राउ परेका सिन्धुलीका दम्पति धरौटीमा छुटे, अनौठो को ठगी

ब्लग

काठमाडाैं – हनी ट्रयापमा पक्राउ परेका श्रीमान् श्रीमती १ लाख ५० हजार धरौटीमा छुटेका छन् । सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन ४ गते पक्राउ गरेको थियो ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंले २४ गते खड्का दम्पतीलाई जनही १ लाख ५० हजार र सञ्जयलाई १ लाख रुपैयाँ धरौटीमा छाडेको प्रहरीले जनाएको छ । उनीहरु साउन १ गते न्यूरोडका एक जना व्यापारीलाई ‘ब्ल्याक मेलिङ’ गरेर ४० लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका थिए । ती व्यापारीको कल्पनासँग चिनजान बौद्धको खुद्रा पसलमा सामान पुर्‍याउन जाँदा भएको खुलेको छ । उनले व्यापारीलाई एक होटलमा खाजा खान जाऊँ भन्दै लगेकी थिइन् ।

त्यहाँ बिरामी भएको नाटक गरेर ‘हनी ट्रयाप’मा पारेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको थियो । प्रहरीका अनुसार खाजा खाँदा-खाँदै आफूलाई चक्कर आएको बहाना बनाएर होटलको कोठामा लगेको र व्यापारी छिर्नेबित्तिकै उनी निस्किएर आफू बलात्कारमा परेको बताएकी थिइन् ।ती व्यापारीलाई कल्पना र कृष्णहरिले प्रहरीमा उजुरी दिने भन्दै धम्क्याउन थाले । उनले आफ्नो इज्जत जाने भन्दै श्रीमान्–श्रीमतीसँग त्यसो नगर्न आग्रह गरे । तर उनीहरूले ४० लाख रुपैयाँ दिए मात्र केही नगर्ने बताएका थिए ।

उनीहरूले प्रहरीमा उजुरी दिएको नाटक गर्दै सञ्जय कार्कीलाई प्रहरी निरीक्षक बनाएर फो समेत गर्न भ्याएको खुलेको प्रहरीले बताएको थियो । ती इन्स्पेक्टर छिट्टै शान्ति मिसनमा जाने भएकाले तत्काल केश मिलाउन दबाब दिने गरेको पनि व्यापारीले प्रहरीसँगको बयानमा खुलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *