हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गा.पा ४ वडा कमिटी गठन 

राजनीति

बारा २९  बैशाख 

हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गा.पा ४ बथानी चौक स्थित श्री हनुमान मन्दिरको प्राङ्गमा १०१  सदस्यीय वडा कमिटी गठन भएको छ। बैठक को अतिथ्यता हिन्दू परिषद नेपाल प्रसौनी गा. पा अध्यक्ष अरविन्द कुमार गुप्ता ले गर्नु भएको थियो। बैठकमा हरेक सप्ताह हनुमान चालीसा पाठ तथा सनातन धर्मको रक्षा र विस्तार को बारेमा विशेष चर्चा परिचर्चा अध्यक्ष अरविन्द कुमार गुप्ता द्वारा गरिएको थियो । 

सर्व सहमती द्वारा नव गठित सदस्यमा, अध्यक्ष धर्मराज साह तेली, उपाध्यक्ष रामप्रवेश मण्डल, सचिव सुरंजन साह, सह सचिव बिक्रम मण्डल, कोषाध्यक्ष नितेश गुप्ता , सह कोषाध्यक्ष रवि कुमार मण्डल । वरिष्ठ सलाहकारमा बिरेन्द्र कुमार शुक्ला, रामलाल गिरी, रंजीत पाण्डेय, बलीराम महतो, संजय शाह लगायत १०१ सदस्यीय समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *