
इङ्ग्ल्यान्ड माथि फराकिलो रनले जित निकाल्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट २०२४ को फाइनलमा प्रवेश गरेको छ।
गयानामा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
प्रोभिडेन्स स्टेडियम गुयानामा टस हार पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।
खेल जित्न १७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमा अलआउट भयो।