२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराोपमा नाबालक पक्राउ

घटना

धनगढी- बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक नाबालक पक्राउ परेका छन्।

जबरजस्ती करणीकाे आराेपमा १३ वर्षीय नाबालक पक्राउ परेका हुन्।

बझाङ छबिसपाथिभेरा गाउँपालिका-१ सुङ्ला बस्ने एक अपांग महिलालाई आइतबार दिउँसो ३ जबरजस्ती करणी गरी फरार भएकासोही ठाउँका एक नाबालकलाई आइतबार राति पक्राउ गरिएको हो।

ती महिला अल्जाइमरबाट पीडित थिइन्।

जबरजस्ती करणी गरी फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएकोटोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो।

बुबाको निधन भइसकेको र आमा आइतबार नै घर बाहिर गएका बेला नाबालकले जबरजस्ती करणी गरेकाे खुल्न आएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *