७ गतेको प्रदर्शनमा कसैमाथि पनि जाइ नलाग्न ओलीको निर्देशन

नेपाल

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते हुने पार्टीको युवा–विद्यार्थीको प्रदर्शनमा कसैमाथि पनि जाइनलाग्न निर्देशन दिएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रले शनिबार पार्टी कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले प्रदर्शनमा कसैमाथि पनि जाइनलाग्न निर्देशन दिएका हुन्। 

प्रदर्शनमा कसैप्रति जाइ नलाग्न र संयमित हुन पनि उनले निर्देशन दिए ।ओलीले निषेधित क्षेत्र नतोड्न र सरकारले प्रदर्शनका लागि कुनै स्थल तोक्यो भने त्यहीँ मात्र प्रदर्शन गर्न निर्देशन दिएका छन्। उनले जुन रुट सरकारले भन्छ त्यो रुटमा चल्ने बताए।  अवज्ञा गरेर जानपर्ने खालको स्थिति नभएको उनको भनाई थियो।

उनले तोडफोड नगरी, आक्रामक नभई जोशिलो प्रदर्शन गर्ने बताए । आफ्नो सुरक्षा आफैं गर्ने पनि उनको भनाई थियो । सरकारले विभिन्न कारण माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेमा  रत्नपार्क वा अरु स्थानमा पनि जानपर्ने हुन सक्ने उनले बताए।

आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको ओलीले बताए । देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए ।अहिलेको अनियमितता र बेथितीको कारण गठबन्धन सरकार रहेको भन्दै उनले यहीँबाट समाधान खोज्नुपर्ने बताए । 

सोहि दिन दुर्गा प्रसाईंको नेतृत्वमा पनि काठमाडौँमा प्रदर्शन हुँदै छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *