भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

खेलकुद

काठमाडौं : भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो।

नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्। उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन्।

यसअघि पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ। फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *