
काठमाडौं : अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अनुसार पार्टीका पूर्वसभापति लामिछानेले प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन् ।
अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रीया पूरा नगरी रास्वपाको सभापति तथा सांसद् बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतले खारेज गरेको थियो ।लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पदपनि गुमेपछि रास्वपाको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् ।


