
स्वतन्त्र पार्टीमा लागेको चर्चा छ । मेयर हमाल रवि नेतृत्वको पार्टीको भेलामा सहभागी भएपछि यस्तो चर्चा सुरु भएको हो ।
शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भए। गत स्थानीय तह निर्वाचनमा हमाल धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट मेयर चुनिएका थिए।
गत ७ असारमा पार्टी घोषणा गरेका लामिछाने त्यसयता विभिन्न प्रदेशमा पुगेर भेला आयोजना गरिरहेका छन्। सोही अभियानअन्तर्गत आज (शनिबार) धनगढीमा प्रदेश भेला आयोजना गरिएको हो।
सो भेलामा सम्बोधन गर्दै मेयर हमालले भने, ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकियो।’
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर हमाल रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश भेलामा सहभागी भई भेलालाई सम्बोधनसमेत गरेका छन् ।
शनिबार कैलालीको धनगढीमा आयोजना भएको भेलालाई मेयर हमालले सम्बोधन गरेका हुन् । प्रदेश भेलामा मेयर हमालले देश परिवर्तन गराएर आउने पुस्ताको जिम्मा लगाउने अभियानमा सफलता मिलोस् भनि कामना गरेका थिए ।
स्वतन्त्र रुपमा उम्मेदवार खडा गर्नका लागि अभियानका रूपमा अगाडि बढ्नुपर्ने पनि मेयर हमालको सुझाव थियो । ‘समस्या नेताहरूमा छैन,’ उनले भने, ‘समस्या मतदातामा छ । जबसम्म मतदाता स्वतन्त्र हुँदैन तबसम्म सबै सम्भावना अधुरा हुन्छन् । सबैभन्दा पहिले जनता स्वतन्त्र हुनुपर्छ ।’
रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नेपालको जिल्ला दौडमा रहेको छ । शनिबार धनगढीमा भेला गरेको हो भने आइतबार कञ्चनपुरमा कार्यक्रम रहेको छ ।


