1974 A.D को अष्ट्रेलिया टुर सम्पन्न, नोभेम्बेरमा न्युजिल्याण्डमा कार्यक्रम

अन्तर्राष्ट्रिय

नेपालको प्रसिद्द पप ब्याण्ड 1974 A.D को अष्ट्रेलिया टुर सम्पन्न भएको छ । अगस्त २१ तारिकमा अस्ट्रेलियाको पर्थबाट सुरु भएको सांगीतिक कन्सर्ट डार्विन, एडिलेड, होबर्ट, मेल्बर्न, ब्रिसबेन, क्यान्बेरा हुँदै सिड्नीमा अन्तिम शो प्रस्तुति गरिएको थियो। ‘1974 A.D यो मन त मेरो नेपाली हो अष्ट्रेलियन टुर’ नाम दिईएको उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको ब्याण्डले बताएको छ। 1974 A.D को अर्को टुर अब नोभेम्बेरमा न्युजिल्याण्डमा रहेको छ ।

नोभेम्बेर १८ तारिकका दिन न्युजिल्याण्डको ठुलो शहर अकल्याण्डमा ब्याण्डले प्रस्तुती दिदैँ छ । हाम्रो ईभेट्सको आयोजनामा हुन लागेको उक्त कार्यक्रम अकल्याण्डको टाउन हलमा आयोजना हुँदै छ । कार्यक्रमको लागि टिकट बुकिङ खुलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *