CMC मा पत्रकार माथि प्रहरीको अभद्र व्यवहार

कला घटना

चितवन, १८ असाेज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेज तोडफोड गरेकाे घटनाकाे समाचार संकलन गर्न पुगेका सिनर्जी एफ् एम् ९१.६ मेगाहर्जमा कार्यरत पत्रकार विवेक पोख्रेलमाथि प्रहरीले अभद्र व्यवहार प्रदर्शन गरेकाे कुरा सिनर्जी एफ एम ले जनाएको छ ।

स्थिति तनावपूर्ण बनेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिन खोजेको थियो । सोही क्रममा रिपोर्टिङका लागि पुगेका सिनर्जीकर्मी पोख्रेलमाथि प्रहरीले अभद्र व्यवहार गर्दै रिपोर्टिङमा अवरोध पुर्याएको हाे ।

रिपोर्टिङका क्रममा पत्रकार पोखरेलमाथि भएको दुर्व्यवहारको घटना प्रति सिनर्जी एफ् एम् ले एक विज्ञप्ति जारी गर्दै भर्त्सना गरेकाे छ । घटना प्रति पत्रकार महासंघ, चितवन शाखाले भत्र्सना गरेको छ । महासंघले विज्ञप्ति निकालेर दुर्व्यवहार गर्ने प्रहरीमाथि छानविन गरी कारबाही गर्न माग गरेको छ।

सोमबार बिहान ग्याष्ट्रिक बढ्यो भन्दै उपचार गर्न आएका भरतपुर महानगरपालिका १३ का रमेश कुवँरको साेमबार बेलुका उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले बिरामीको उपचारमा लापरबाही भएकाे भन्दै अस्पताल ताेडफाेड गरेका थिए ।

यता अस्पताल प्रशासनले भने कुवँरको उपचारमा कुनै कमजोरी नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *