Immigration Rules तत्काल परिवर्तन नहुने प्रधानमन्त्रीद्वारा स्पष्ट

समाचार अन्तर्राष्ट्रिय

प्रधानमन्त्री क्रिस हिप्किन्सले नयाँ सरकारले तत्काल ईमिग्रेसन क्षेत्रका नियमहरुमा परिवर्तन नहुने स्पष्ट परेका छन् । आज अकल्याण्डमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले ईमिग्रेसनका लागि गर्नु पर्ने काम र नयाँ नियमहरु पुरानो सरकारले कार्यन्वयन गरिसकेकाले यो सरकारले तत्काल त्यस्मा कुनै परिवर्तन नल्याउने बताएका हुन् ।

उनले न्युजिल्याण्डबासीहरुलाई काम गर्न कसरी उत्प्रेरित गर्न सकिन्छ त्यसबारेमा छलफल हुन सक्ने बताए । उनले आगामी दिनमा भने ईमिग्रेसन क्षेत्रमा केही नियमहरु परिवर्तन गर्ने जानकारी समेत दिए । अकल्याण्डका व्यापारीलाई भेट्न प्रधानमन्त्री क्रिस आज अकल्याण्ड गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *