
आज देशैभरि खिर खाएर साउन १५ मनाइँदै छ। नेपाली संस्कृति असार १५ गते दहि, चिउरा खानु, साउनको १५ मा खिर खानु भन्ने मान्यता छ ।
आफ्ना परिवार, आफन्त, छिमेक, ईष्टमित्रसंग बसेर रमाईलो गरी खीर खाएर यस पर्व मनाईदैछ । कृषी प्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषी पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियालीस्वरुप खिर खाने परम्परा बसेको संस्कृतिविद्को धारणा रहेको छ


