अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै संसद भवन अगाडि प्रदर्शन

समाचार

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थीत संसद भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसमा आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए। 

नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरूलाई संसद भवनको १ नम्बर गेट अगाडि पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *