
संघीय सांसदका उमेदवार रामबाबू यादवको यस्तो लापरबाही गरेको छन्! बारा क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यका लागी जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार राम बाबू यादवले नेपालको संसदबाट दुई तिहाइ बहुमत बाट पास भएको नेपालको नक्सालाई अवहेलना गरेका छन। पुर्व संसद समेत रहेको राम बाबू यादवले आफ्नो चुनावी सामग्रीमा नेपाल को चुच्चो नभएको नक्सा राखेर चुनाव प्रचार प्रसार गरिरहेको पाईएको छ। पुर्व संसद राम बाबू यादव जनता समाजवादी पार्टीको प्रदेश अध्यक्ष पनी हुन्।


