
स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको श-व जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार दुबैको टाउकोमा गहिरो चो-ट पटक देखिएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चो-ट देखिएको छ । ‘दुबैको टाउकोमा ढुंगा वा चिर्पटले प्रहार गरेजस्तो गहिरो चो-ट लागेको छ,’ उनले भने, ‘त्यसले उनीहरू दुबैको ह त्या भएको स्पष्ट भन्न सक्ने आधार देखिएको छ।’


