न्युजिल्याण्ड को विभिन्न सहर मा आयोजना हुने तेन्जिङ हिलारी कप एसपाली ह्यामिल्टन को एसहस्ट पार्कमा, विजेतालाई च्याम्पियन अवार्ड सहित अठार सय डलर

खेलकुद अन्तर्राष्ट्रिय

न्युजिल्याण्ड ह्यामिल्टन को एसहस्ट पार्क मा आठौं संस्करणको तेन्जिङ हिलारी कप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ। न्युजिल्याण्ड को विभिन्न सहर मा आयोजना हुने तेन्जिङ हिलारी कप एसपाली ह्यामिल्टन को एसहस्ट पार्कमा हुन लागेको हो।

  सन् २०१५ बाट आयोजना हुँदै आएको यस प्रतियोगिताको अघिल्लो संस्करण भने कोरोनाका कारण स्थगित गरिएको थियो ।
  आउदो फेब्रुअरीको ४ र ५ तारिकका दिन हुन लागेको प्रतियोगिताको आयोजना टी.एच.सी. कमिटी, गोर्खाली फूटबल क्लब वाईकातो र नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाईटि ह्यामिल्टन को सहकार्य मा गर्न लागेको हो  भने सपोर्टीङ पाट्नर मा नर्थन युनाईटेड  स्पोर्ट्स क्लब हो।
न्युजिल्याण्ड को विभिन्न सहर मा रहेको  करिब नौ (9) फूटबल क्लबहरू बीच रोमाञ्चक खेल हुने भएको छ।
खेलको माध्यमबाट न्युजिल्याण्डमा छरिएका नेपाली समुदायलाई एक बनाउन सहयोग पुग्ने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।
आयोजक का अनुसार विजेतालाई च्याम्पियन अवार्ड सहित अठार सय डलर को क्यास रकम प्रदान गरिनेछ तेस्तै उपविजेता लाई सिल्वर मेडल सहीत बार सय डलर को क्यास रकम प्रदान गरिनेछ भने दोस्रो उपविजेता र चौथो ले क्रमस $800 & $500 र मेडल पाउनेछ।  गोल्डेन बुट, गोल्डेन बल  र गोल्डेन पञ्चा विजेता प्रत्येक लाई $100 प्रदान गरिने आयोजक टिम बताउछन्।

आयोजक कमिटीले प्रायोजकहरूलाई विभिन्न श्रेणी मा छुट्याइयो छ। जसमा डाईमण्ड स्पोन्सर मा Wel energy trust रहेको छ भने प्लाटिनम स्पोन्सर मा नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाईटि ह्यामिल्टन नै रहेको छ। तेस्तै गोल्ड स्पोन्सर मा trust Waikato रहेको आयोजकहरू बताउछन्। एसोसीएट स्पोन्सर मा Tauranga holiday home, Himalayan roofing, New Zealand football, ACTS  रहेको छ। तेस्तै ब्रोन्ज  स्पोन्सर मा MIDAS Tauranga,  pacific motor, KC Group, saroj Roy, विनोद सिवाकोटी र रबी सेरचन रहेको छ। भने डोनर हरूमा  The gulmohar Indian restaurant, welcome Indian takeaway, Limbu orchard र Himalayan Indian cuisine हूनेछन्।

9 फूटबल क्लबहरू को नामावली निम्न छन् :-

1. Gorkhali FC Waikato,
2. Khukuri FC Auckland,
3. Gorkha FC Auckland,
4. Mt 8848 FC Auckland,
5. Nepalese Warriors FC BOP,
6. Manawatu FC Manawatu
7. Nepal United FC Christchurch,
8. Kathmandu FC Christchurch,
9. Lhotsampa FC Christchurch

Leave a Reply

Your email address will not be published. Required fields are marked *