जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति

समाचार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् ।नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए ।उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे ।

नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ ।उनले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसार कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानको समस्या समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ । यो सम्भव छ । भइहाल्छ पनि ।’ उनले संसद्मा छिट्टै नागरिकतासम्बन्धी विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिबद्धता जनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *