बागलुङमा प्रिन्सिपलले विद्यार्थीलाई पाइपले कुटेर गम्भीर घाइते

सबै

असार २३, बागलुङ :जिल्लाको बुर्तिवाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका- २ भयबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुँवरको कुटाइबाट गम्भीर बनेका हुन्।घाइते विकको शरीरमा चोट नभए पनि टाउको र शरीरका विभिन्न अंगहरुमा निलडाम छन्। टाउकोमा ठूलो चोक पुगेको हुँदा उनीलाई रिंगटा लागेर उठ्न नसक्ने भएको विककी आमा मन्सर विकले जानकारी दिइन्।विकलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात पोखरा लगिएको उनकी आमाको भनाइ छ। छोराले हिजो रातिदेखि वान्ता गरेको र खानासमेत नखाएको भन्दै शिक्षकलाई कडा कारबाही हुनु पर्ने बताइन्। उनले प्रिन्सिपल कुँवरले पाइपले आफ्नो छोरालाई निर्घात कुटपिट गरेको बताइन्।

‘दीपक सरले मेरो छोरालाई निर्घात कुटपिट गर्नुभएको छ, अहिले मैले पोखरा लैजाँदैछु, सरले पाइले टाउकोमा, शरिरमा कुट्नु भएको रहेछ, शरीरमा डामैडाम छ, टाउको छुन दिँदैन, रगत जमेजस्तो भएको छ’, विकले भनिन्, ‘राति वान्ता पनि गरेको थियो, खाना पनि खाएन, उठ्नै सक्दैन, चक्कर लाग्छ भन्छ, पढाउन पठाएको छोरालाई सरले नै कुटेर यस्तो बनाउनुभयो, मेरो छोराले न्याय पाउनुपर्छ।’कुटेको छैन, सम्झाएको मात्रै होविद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफूले त्यसरी कुटपिट नगरेको जिकिर गरे। शिक्षकले पढाउँदै गर्दा स्यानिटाइजरको बोतल पङ्खामा फालेको र उछिट्टिएर पढाउँदै गरेका शिक्षक करण कुँवरलाई लागेर निधारमा चोट लागेपछि सामान्य सम्झाई बुझाई गरेको प्रिन्सिपल कुँवर बताउँछन्।
उनले बुर्तिवाङको एक मेडिकलमा सामान्य जाँच गर्दा बच्चाको अवस्था ठिक रहेको भन्दै सिटी स्क्यानका लागि पोखरा पठाएको बताउँछन्।‘मैले बच्चालाई त्यसरी घाइते हुने गरेर कुटेको होइन, हिजो कक्षामा करण सरले पढाउँदै गर्दा फ्यानमा स्यानीटाइजरको बोतल फालेछन् बाबुले, त्यो बोत्तल उछिट्टिएर सरको निधारमा लागेर चोट लागेको छ, मैले किन यस्तो गरेको भनेर सामान्य रुपमा सम्झाएको मात्रै हुँ’, प्रिन्सिपल कुवँरले भने, ‘बाबुलाई केही भएको छैन, हिजो पनि मेडिकलमा लगेर चेक गराएको हो, आज सिटीस्क्यान गर्ने भनेर पोखरा पठाएका छौँ, त्यस्तो समस्या बाबुलाई छैन। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *