
असार, काठमाडौं । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् ।संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बलनेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. वरिष्ठ हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् ।उनले सशस्त्र प्रहरी ऐन¸२०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विषेश अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।सोही बमोजिम शाहुलाई शुक्रबारको थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरीको मुख्यालले जनाएको छ ।


