श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

सबै

६ साउन, काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् ।७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *