अझै पनि चलेन एम्बुलेन्स, बिगत १५ दिन देखी थन्काइएको अवस्था मा वडा को एक मात्र एम्बुलेन्स

सबै

लामो समय देखि अति आवश्यक भित्र पर्ने एम्बुलेन्स नचल्दा पर्साजिल्ला सखुवा प्रसौनी -01 को जनताहरु मर्कामा परेका छन। वडाभित्र नै दुई तले जम्बो स्वास्थ्य भवन को साथ साथै स्वास्थ्य कर्मचारी भएता पनि सामान्य स्वास्थ्य जाचको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता वडाबासी को रहेको छ। यस बाध्यताको बाबजुद पनि वडाभरिमा अर्को एम्बुलेन्स नभएको हुदा स्वास्थ्य चौकी मातहतमा रहेको एम्बुलेन्स को अति नै आवश्यक रहेको वडाबासी हरु बताउछन।     

बिगत लामो समयदेखी भएको चालक र संचालक समिती बिचको किचलोको कारणले र संचालक समिति को स्पष्ट कार्यबिधी नभएको कारणले गर्दा समय-समयमा एम्बुलेन्स ठप्प रहने गरेको छ । बिगत पाँच बर्ष भन्दा बढी एम्बुलेन्स किनेको भएतापनी संचालक समिति ले आजसम्म एम्बुलेन्सको हिसाबकिताब स्पष्ट रुपमा  दिन सकेको छैन। संचालक समितिको अनुसार एम्बुलेन्स अहिलेसम्म घाटामा रहेको जनाउछन।

स्थानीय निर्वाचनपछि सबै नया जननिर्वाचित आउदा सबै समिति / उपसमिति खारेज भएको भएतापनी आज 3 महिना भन्दा बढी दिनपछि स्वास्थ्य संस्था तथा एम्बुलेन्स संचालक समितिले पुर्णता पाएको छ। उता दुबै समितिमा वडाअध्यक्ष नै त्यस समितिको अध्यक्ष नै रहनु पर्ने ब्यवस्था भएतापनी समितिको विभिन्न पदमा वडा र गाउपालिका निर्वाचित नेकपा एमाले को कार्यकर्ताहरु नै सबै पदमा रहेको जिकिर स्थानीयबासी गर्दछ।घरमै बसेर कस्लाइ कुन पद दिने निर्णय गरेर, नियम पूरा गर्नको लागि छलपल,समारोह बोलाउने गरेको भन्दै जनता समाजबादी पार्टिको नेताहरु ले बहिष्कार गरेको बताउछन् । कुनै पनि सार्बजनिक काम गर्दा सर्बदलिय बैठकबाट मात्र पारित हुनुपर्ने प्रावधान भएतापनी त्यस्को ठाडो उलंघन गरि कार्यान्वयन  भएको छैन।

फोटोमा हेर्नुस पदावलीहरुको नाम र पद

Leave a Reply

Your email address will not be published. Required fields are marked *