वीरगंज, पर्सा बिरगंज का युवा नेता तथा समाजसेवी महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्रपार्टीका राष्ट्रिय उपाध्यक्ष डिपि आर्याल संग प्रत्यक्ष सम्पर्क मा रहेका उनी केही दिन पहिला भेट घाट भएको बेला संगै खिचेको तस्बीरसार्वजनिक गर्दै अब उक्त पार्टीमा प्रवेश गरेको घोषणा समेत गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपि अर्याल केही दिन पहिला मधेस आन्दोलन मा सहिद भएका दिलिप चौरसिया को घर मा आउदाकुर्मी लगायत संग भेटघाट गरेको तथा तस्बिर समाजिक संजालमा सार्वजनिक गरेका थिए । कुर्मी ले आफ्नो समाजिक संजाल मार्फतराष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दै अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने बताएका छन । त्यस्तै महादेव कुर्मी ले अबका दिनमा स्वतन्त्र पार्टी मा आवद्ध हुन चाहने सम्पुर्ण विकास प्रेमी युवा, साथी, दाजुभाइ तथा अग्रजहरुलाईसम्पर्क गर्न पनि आग्रह गरेका छन । अगामी २०८४ मा हुने चुनावमा हामी आफ्नो लागि,आफ्नो समाजको लागि,देशको लागि र स्वच्छराजनितिकको लागि सबैलाई जुट्न अपिल पनि गरेका छन । पुर्व जनता समाजवादी पार्टी का नेता रहेका उनी यहि असोज १० मा पुर्ण रुपमा पार्टी परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका थिए ।विगतको समयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह संगै बसेर बर्सौ देखि काम गर्दै आएको उनी राजनितिकअसमझदारी तथा धोका बाजी भएपछि अलग भएको बताएका थिए ।
Continue Reading