नेपालले यूएईलाई हरायाे, साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै

खेलकुद नेपाल

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएकाे छ । लिग–२ मा नेपालले यूएईमाथि पहिलाे जित निकालेकाे हाे ।

नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्याे । यूएईका लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए । बलिङतर्फ नेपालका लागि साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले १/१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनायाे । ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा राेहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।

यस शृङ्खलामा नेपालले ४ खेल खेल्दा ३ मा जित निकाल्याे । नेपालले पीएनजीलाई २ वटै खेलमा हराउँदा यूएईसँग १ मा जित र १ मा हार बेहाेर्‍याे । याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ ।याे जितसँगै नेपाल लिग–२ काे अङ्क तालिकामा पाँचाैँ स्थानमा उक्लिएकाे छ । ३२ खेल खेलेकाे नेपालकाे ३२ अङ्क छ । उति नै खेल खेलेकाे यूएई ३१ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहिता तालिकाकाे पुछारमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *