अन्तर्राष्ट्रिय शिक्षा तथा अनुभव आजको आवश्यक नामक शीर्षक मा आज एक दिने Study abroad information session कार्यक्रम सिमरा कलेज को हल मा सम्पन्न

सबै

अन्तर्राष्ट्रिय शिक्षा तथा अनुभव आजको आवश्यक नामक शीर्षक मा आज एक दिने Study abroad information session कार्यक्रम सिमरा कलेज को हल मा सम्पन्न भएको छ। ब्रिज एजुकेसन फाउन्डेसन र  सिमरा कलेज को आयोजनामा स्नातक तह को विद्यार्थी हरुलाई लक्षित गरी कार्यक्रम संचालन गरीएको हो। अन्तर्राष्ट्रिय शिक्षा हासिल गरेर त्यहीको अनुभव लाई कसरी नेपाल मा ल्याई उपयोग गर्न सकिन्छ भन्ने कुरा बुझाउन को लागी यस कार्यक्रम ले धेरै सहयोग पुर्‍याउने कुरामा यसै सिमरा कलेज को प्रमुख शालिग्राम अधिकारी को विश्वास भएको बताउनुहुन्छ। अन्तर्राष्ट्रिय शिक्षा को नाम मा सधैको लागी आफ्नो देश छाडेर अरुको देश मा शरणार्थी भई बस्नुभन्दा त्यहाँ को शिक्षा तथा अनुभव बटुलेर नेपाल फर्कि आफ्नो ठाउँमा केही राम्रो गर्न सके देश ले दक्ष जनशक्तिलाई गुमाउन बाध्य नहुने साथै देश परिवर्तन हुन समय पनी नलाग्ने  भन्दै ब्रिज एजुकेसन फाउन्डेसन को प्रमुख तथा काउन्सेलर अशोक कडेल ले आफ्नो तिता मीठा अनुभव हरु पी सुनाऊनु भएको थियो। साथै कार्यक्रम मा IELTS / PTE विशेषज्ञ राजु कार्की र रोशन सापकोटा ले मन्तव्य व्यक्त गर्नुको साथै दिपेन्द्र कडेल ले कार्यक्रम संचालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *