इटहरी ४ की २१ वर्षीया युवतीले गरिन आत्मह’त्या

समाचार

सुनसरी / इटहरी ४ कि २१ वर्षीया श्रद्धा घिमिरेले सलको पासो लगाएर आत्मह’त्या गरेकी छिन् ।

उनी दिदि भिनाजुकोमा बसेर इटहरीकै सुस्मा कलेजको कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् । दिदी भिनाजु बाहिर काममा जाने र राति आउने गरेको र दिउँसो कोठामा एक्लै भएको अवस्थामा हिजो सोमबार कोठामा सलको पासो लगाएर आत्मह’त्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार ३-४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृतकको मोबाइल प्रहरीले जफत गरेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *