खानेपानीको अनुज्ञापत्र दिन डेढ लाख घुस, खाद्य प्राविधिक रंगेहात पक्राउ

घटना नेपाल

जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन डेढ लाख घुस लिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका आठौँ तहका खाद्य प्राविधिक योगेन्द्र ढुंगेललाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा विभाग कम्पाउन्डबाटै पक्राउ गरेको हो ।

 उनले जारको खानेपानीको खाद्य अनुज्ञापत्र दिन सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । घुस रकम लिएर विभाग कम्पाउन्डबाट बाहिर निस्किनै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । ढुंगेलविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *