
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलका भातृ संगठनहरुले एक भएर जाने निर्णय गरेका छन् ।एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धन दलका भातृ संगठनहरु नेपाल तरुण दल बारा, युवा संघ नेपाल, वाईसिएल नेपाल र लोकतान्त्रिक युवा संघ नेपाल बाराले निर्वाचनमा एक भएर जाने र आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउने निर्णय गरेको हो ।

‘सत्ता गठबन्धनको सहमती भए अनुसार कांग्रेस,माओवादी केन्द्र, नेकपा एस र लोसपाका उम्मेदवारहरुलाई जिताउने अभियान अन्र्तगत गठबन्धनमा रहेका भातृ संगठनको जिल्ला अध्यक्षहरु एक भएर जाने र युवा परिचालन गर्ने निर्णय गरियो’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो विज्ञप्तीमा नेपाल तरुण दलका बारा जिल्ला अध्यक्ष दिपेन्द्र पटेल, युवा संघ नेपालका आर के भट्टराई,वाईसिएल नेपाल शुभ नारायण पटेल र लोकतान्त्रिक युवा संघ नेपालका साविर आलमले संयुक्त हस्ताक्षर गरेका छन् ।


