गीतकार डा उपाध्यायले पुर्‍याए ११० विश्व रेकर्ड

समाचार फोटो फिचर मनोरञ्जन

काठमाडौं।कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । काठमाडाै‌मा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे ।मन्त्री चौधरीले डा. उपाध्यायलाई देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर गर्नुपर्ने बताए ।सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनाको स्वर छ । गीत नेपाल सहित हिन्दी, जापानी, चिनियाँ, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दू, स्वेडिस, क्रोसियन, हेब्रू, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा छ ।खनाल समाजका अध्यक्ष केदारनाथ खनाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटा, पूर्वराजदूत रमेशप्रसाद खनाल लगायतको गीतका उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *