तीनकुनेकाे ‘कल सेन्टर’ मा प्रहरीकाे छापा, १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ 

सबै

काठमाण्डाै – प्रहरीले काठमाण्डौ तीनकुनेको ‘स्काई वर्ल्ड सर्भिस सेन्टर’ मा छापा मारेर ३६ जनालाई पक्राउ गरेको छ ।विभिन्न प्रकारका प्रविधिमार्फत धाकधम्की दिने, व्यक्तिगत गोपनीयता ह्याकिङ गरेर रकमको मोलमोलाइ गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरले आज साेमवार तीनकुनेको कल सेन्टरमा छापा मारेको हो । एक जना चिनियाँ र दुई जना भारतीय नागरिकसहित ३६ जनालाई पक्राउ गरिएको काठमाण्डाै प्रहरी परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

काठमाण्डाै प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले छापा मारेर आठ लाख रुपैयाँभन्दा धेरै नगद, तीन सय ३२ थान ल्यापटप, सात सय ४८ थान डेस्कटप कम्प्युटर र एउटा डीभीआर  पनि बरामद गरेको छ ।  यसअघि हिजो शनिवार पनि रुपन्देहीको तिलोत्तमाको जानकीनगरमा भारतीयले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेर नाै जना सञ्चालकलाई प्रकाउ गरेको थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *