तुलसीपुर हत्या प्रकरण : श्रीमानसँग सम्बन्धविच्छेद भएपछि शुक्रबारै बिहे गर्ने तयारीमा थिइन ‘टीका’ 

घटना

रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय टीका रावलको श्रीमानसँग यही १५ जेठमा सम्बन्ध विच्छेद भयो । उनीहरु तुलसीपुर ६ स्थित राप्ती टोलमा भाडामा बस्दै आएका थिए । सम्बन्ध विच्छेद भएपनि उनका श्रीमान सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ निवासी नेपाली सेनाका अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्ना सामान लिएका थिएनन् । केही समयमा त्यहाँबाट सामान लैजाने कुराकानी भएको थियो ।

यद्यपी टीकाले अर्कै केटासँग विहे गर्ने तयारी गरिसकेकी थिइन । उनी  अछाम कमल बजार नगरपालिका ४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा  कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापासँग शुक्रबार बिहे गरेर जाने तयारीमा थिइन । आर्यन पनि त्यसकै तयारीमा टीकाकै कोठामा गएका थिए । कोठामा टीका र आर्यन तरकारी  काटिरहेका थिए । त्यतिबैलै सालिकराम आएर एक्कासी आर्यनलाई खुँडा प्रहार गरे। ‘हामी आजै बिहे गरेर कोहलपुर जाने र त्यहाँबाट गाडी चढेर अछाम जाने तयारी गरेका थियौं’, आर्यनले भने, ‘तर, एक्कासी उनी आएर खुँडा प्रहार गरे ।’

आफूमाथि खुडा प्रहारपछि आर्यन भागे । त्यसपछि टीकामाथि खुँडा प्रहार गर्न थाले। पहिलो पटक प्रहार भएको खुडा हातले छेक्न खोज्दा हात काटेको थियो । त्यसपछि घरको छतबाट छिमेकीको घरको छतमा गइन । त्यही पुगेर उनको घाँटी रेटेर हत्या गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *