दैनिक ५ घण्टा खर्च गरेर डेरी जानुपर्ने बाध्यता लाई चिर्दै सखुवा प्रसौनी वडा न.1 औराहामा श्री अन्नपूर्ण दुग्ध उत्पादक सहकारी को शाखा कार्यालय स्थापित, गाउँपालिका उपप्रमुख शर्मिला बिस्ट बाट समुद्घाटन

समाचार मनोरञ्जन

सखुवा प्रसौनी गाउपालिका वडा न.1 औराहामा श्री अन्नपूर्ण दुग्ध उत्पादक सहकारी को शाखा कार्यालय तथा श्री कोइलाभारमाइ दुग्ध उत्पादक सस्था को समुद्घाटन कार्यक्रम आज कोइलाभार दुग्ध उत्पादक समुह को अध्यक्ष अग्नीधर अगस्ती को अध्यक्षता मा सखुवा प्रसौनी  गाउँपालिका उपप्रमुख शर्मिला बिस्ट को प्रमुख अतिथिमा सम्पन्न भएको छ।

प्रमुख अतिथीमा  सखुवा प्रसौनी गाउपालिकाको अध्यक्ष यसवन्त यादब रहने भन्नी पुर्ब तैयारी रहेतापनी विभिन्न किसिमको ब्यस्तता को बाबजुद उपस्थित हुन नसक्ने जानकारी पछि सोही गाउँपालिका को उपप्रमुख शर्मिला बिस्ट ले कार्यक्रम को प्रमुख अतिथी ग्रहन गर्नु भएको थियो।

त्यसै गरि अन्नपूर्ण दुग्ध उत्पादक सहकारी को विभीन्न पदाधिकारीको विशेष उपस्थित मा बिशिस्ट अतिथीमा सोही वडाका वडा अध्यक्ष  बासुदेव महतो, गाउँपालिका का निबर्तमान अध्यक्ष प्रदिप जैसवाल ,पुर्ब वडाअध्यक्ष विश्वनाथ पटवारि साथ साथै अन्य अतिथी को  भुमिकामा समाजसेबी रितनारायण चौधरी, समाजसेवी तथा शिक्षा ज्ञाता राजेन्द्र कडेल लगायत सयौ सङ्ख्या मा किसानहरुको उपस्तिथि थियो।

कार्यक्रम मा गाउँपलिका उपप्रमुखले रातो रिबन काटि संस्थाको उद्घाटन गर्नु भएको थियो भने पानस को बत्ती बालेर दूध नाप्नी कार्यको सुरुवात गर्नु भएको थियो ।     कार्यक्रम मा उपस्थित सम्पुर्ण पाहुनाहरुले संस्थाको दीर्घकालीन सफलताको आशीर्वाद दिदै सकेसम्म सकेको जति सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रम मा बोल्दै उपप्रमुख शर्मिला बिष्ट ले हरेक किसानको समस्या मेरो समस्या भएको भन्दै गाउपालिका बाट सहयोग नगरेतापनी मेरो ब्यक्तिगत बाट 80 प्रतिशत सम्मको अनुदानमा विभिन्न उपकरणहरुमा सहयोग गर्नेछु भन्दै सबै किसिमको सहयोग को लागि गाउँपालिका  तयार रहेको जानकारी दिनुभयो।उपप्रमुख शर्मिला बिष्ट जसपा बाट निर्बाचित जनप्रतिनिधि हुन।

त्यस्तै गाउपालिकाको निबर्तमान अध्यक्ष प्रदिप जैसवालले आफ्नो कार्यकालमा विभिन्न कारणका बिच दूध डेरी संचालनमा ल्याउन नसकेको मा माफी माग्दै अबको दिनमा तन,धन र मनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यस्तै वडाअध्यक्ष वासुदेव महतोले कार्यक्रममा बोल्दै वडावाट चाइने कुनैपनी सहयोगको लागि आफुहरु तयार भएको बताउदै सस्थाको सफलताको शुभकामना दिनुभयो।

नेपाल कृषिप्रधान देश भएपनी विभिन्न किसिमको सुबिधाहरु कृषकले नपाउदा कृषकहरु मर्कामा परेको छन्।  सखुवा प्रसौनी गाउपालिका वडा-1  मा नै दूध डेरी आजसम्म नहुदा एस क्षेत्रको दुग्ध उत्पादक किसानहरु प्रभावित भएका छन्। दैनिक जसो रु.100 को पेट्रोल जलाएर 2 लिटर दूध पुर्याउन पर्सागढी नगरपालिका जानुपर्ने पिडा मा थिए किसान हरु। त्यस्तै झन्डै 2 घन्टा जति समय खर्च गरेर सिदपुर देखी मनुवा सम्म र त्यहा लाइन बस्न करिब 1 घण्टा जति नै पर्खिनु पर्ने र फर्कीदा उतीनै समय खर्च गर्न बाध्यतामा किसानहरु रहदै आएका थिए।यी बिबिध समस्याहरु भोग्दै आएका किसानहरु एस सस्थाको स्थापना पछि  किसान को पनि दिन आउदो रहेछ भन्दै खुशी व्यक्त गरेको थीयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *