
बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो ।’न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो ।२१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा मृत फेला परेका थिए । लालध्वजको शव सडेर गलेको र हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएको अवस्थामा शव फेला परेको थियो ।अपराधिहरुले धारिलो हतियार प्रयोग गरी हात, खुट्टा र गुप्ताङ्गसमेत शरीरबाट छुट्टिएर हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय सिमरामा मृतकको दाजु आसमानलामाले दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले साउन २५ गते पक्राउ गरी अनुसन्धान थालेको थियो ।उनको दुबै हात, खुट्टा र लिङ्गसमेत काटिएको थियो । उनको पेट र गर्धनमा समेत हारिलो हतियार प्रयोग गरिएको बताईएको थियो । सडी सकेको अवस्थामा फेला परेको उनको शवको प्रकृति हेर्दा दुई वटा हात, दुई वटै खुट्टा धारिलो हतियारले गिडिएको, शरिरमाधारिलो हतियार प्रहारगरिएको अवस्थामाशव फेला परेको भन्दैहत्या नैं भएको आशंका घर परिवार र आफन्तलेलगाउदै घटनामा संलग्न दोषीको पहिचानगरि कडा कारवाहीगर्न मागगर्दै आई रहेका थिए ।हत्या घटनामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई घटना भएको एक साताभित्र नैं पक्राउगरि लामो अनुसन्धान गरेका थिए । प्रहरीले घटनामा संलग्नभएको जनाउदै उनीहरुलाई मद्दा दायर गरेको थियो ।-फरक नेपालबाट साभार


