पर्साको सखुवाप्रसौनी गा.पा मा दुई आर्थिक बर्षमा समेत बितरण भएन निशुल्क ग्यास सिलिन्डर र चुल्हो

सबै

पर्साको सखुवाप्रसौनी गा.पा.को आ.ब.२०७८/०७९ को करिब तिन करोड  बिनियोजित बजेट बाट खरिद गरिएको ग्यास सिलिन्डर र चुल्हो अझै पनि गोदाममा थन्किएको अवस्था रहेको छ ! निर्वाचन लक्षित उक्त योजना कार्यन्बयनमा हतार हतारमा ६ वडा मध्य केही वडामा आंशिक संख्यामा ग्यस सिलिन्डर र चुल्हो बितरण भएतापनि वडा न.१ मधुवन मथवल ले भने ३०० थान ग्यास सिलिन्डर र चुल्हो गोदाममा थन्क्याएर राखेको छ !

निर्वाचन आचार सन्हिता का कारण बितरण हुन नसकेको उक्त सामाग्री नव निर्बाचित जनप्रतिनिधिले समेत आफ्ना कार्यकर्ता लाई चुनाबि राजनैतिक उपहार बनाउने दाउपेचमा लागेको हुँदा अझैपनी उत्त सामग्री बितरण नभएको स्थानीय बासिन्दा तथा लाभान्वित समुहको ब्यक्तीहरुको भनाई रहेको छ  ! स्पष्ट विवरणको अभाव हुनु, विवाद रहित बितरण कार्ययोजना नहुनु, अस्पष्ट निर्णय गरिनु र निश्चिति मापदण्ड नबनाई धमिलो पानीमा माछा मारेझै आफ्ना आसेपासे लाई ग्यास चुल्हो र शिलिन्डर बाड्ने दाउको तयारीमा वडाका जनप्रतिनिधिहरु लागि परेका कारण अझै पनि ग्यास चुल्हो र शिलिन्डर बितरण हुन नसकेको हो भन्ने भनाई राख्छ्न प्रतिपक्षी दलका नेताहरु सङै भन्छन् टोल टोल घर घर जाउ वास्तविक बिपन्न,दलित, असहाय को प्रत्यक्ष विवरण तयार गरि गाउँ बासिको बिचमा प्रस्तुत गरौ यसरी सबै गाउँ  टोल बाट प्राप्त वास्तविक विवरणमा नाम समाबेश भएका ब्यक्ति हरुलाई वडाको सुचना मार्फत जानकारी गराई सबैले देख्ने गरि बितरण गरौ वहाँ हरुको यो सुझाव  सकारात्मक भएतापनी राजनीतिक दृस्ठिकोण बाट पुर्बाग्राही सम्झी निर्बाचित जनप्रतिनिधि मान्न तयार नरहेका भनी गुनासो समेर व्यक्त गरे ! राज्यको ढुकुटिको रकम खर्च गरि बेलैमा खरिद हुन सक्ने तर बितरण भने हुन नसक्ने जस्ता कारणले जनताले पाउने सुबिधा समयमा पाउन बाट बन्चित राख्ने अधिकार कसैलाई नरहेको हुँदा यथाशीघ्र उक्त सामाग्रीहरु जनता समक्ष बितरण गर्नका लागि बिगत केहि दिनदेखी ताकेता भैईरहेको साथै उत्त ताकेताको बेवस्था भएमा केही ठोस कदम चाल्ने समेत स्थानीयले हाम्रा सामाचारदाता लाई बताएका छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *