प्रहरी भन्दै घरभित्र पसेका व्यक्तिद्वारा ललितपुरमा लुटपाट

घटना

काठमाण्डाै – गएराति ललितपुरमा लुटपाट भएको छ ।महालक्ष्मी नगरपालिका-८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो।

आफूहरु प्रहरी भएको र सुरक्षा जाँचका लागि आएको भन्दै घरभित्र प्रवेश गरेका तीन चार जनाको समूहले लुटपाट गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । लुटेरा समूहले पाँच तोला सुन र ७० हजार रुपैयाँ नगद लुटेको छ ।

लुटपाटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । चाडपर्व नजिकिएसँगै यस्ता आपराधिक घटना बढ्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *