ब्रोकर लाइसेन्स खुल्ला , २० करोड चुक्ता पुँजी पुर्‍याउने सबैले पाउने

सबै

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि नयाँ नीति अंगिकार गरेको छ । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई लाइसेन्स दिने नीति अपनाउने भएको हो ।मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) सम्बन्धि नियमावली, २०६४ संशोधन गर्दै न्यूनतम २० करोड चुक्ता पुँजी पुर्याउने जो कोहीलाई ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था गरेको हो ।यस्तो व्यवस्था पुराना ब्रोकर कम्पनीहरूमा समेत लागू हुनेगरी बोर्डले आगामी २ वर्षभित्र तोकिएको चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *