मतदाताको मन मा उदाउदै स्वतन्त्र उम्मेदवार  निर गिरी

घटना राजनीति

४ कार्तिक । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवार निर गिरी मतदाताको मन जित्न सफल हुँदै गएका छन् अझ भन्नु पर्दा क्षेत्र नम्बर ३ (क) मा नै उदाउदै छन्।

सानो उमेर देखी नै राजनीतिको सुरुवात गरि तत्कालीन  प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका निर गिरीले गरीब विद्यार्थी, मजदुर,  तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र समस्यामा विगत देखि नै डटेर तन मन र धन ले  सहयोग गर्दै आएको छन्। स्थानीय मा कुनै पनी समस्या आउदा सम्झने नाम हो निर राज गिरी।

घर दैलोमा पुग्दा गिरीलाई सघाउन युवाहरु उनीसँगै जोडिने गरेका छन् । अग्रहजहरुले जीतको शुभकामना दिँदै आर्शिवाद दिने गरेका छन् । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नं ३ (क) मा गठबन्धनको बिरुद्ध र आफ्नो क्षेत्रका लागि सक्षम विकल्पको रुपमा गिरीले प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रायः दिनहुं जनताको घरदैलो पुग्ने गिरी यसपाली मतदाताले परिवर्तन खोजेको बताउंदै पटक–पटक चुनावमा पराजित हुने, चुनाव जितेर आफ्नो क्षेत्रको विकास तर्फ ध्यानै नदिई व्यक्तिगत स्वार्थ सिद्ध गर्न कुनै पनि कदम चाल्न नहिचकिचाउने नेताहरुलाई यसपाली मतदाताले राम्रै पाठ पढाउने तयारी गरेको उनले दाबी गरे । पर्सेली जनताको लागि आफू कुनैपनि बेला तयार रहने बाचाका साथ आफु चुनावी मैदानम उत्रेको उनको जिकिर छ । यूवा देशका मेरुदण्ड हुन् । यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन भन्ने विश्वास को साथ अघि बडेका गिरी अघिल्लो स्थानीय निर्वाचन मा अत्याधिक बहुमत को साथ मा वडा सदस्य जित्नु भएको थियो।

राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्षेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको बताउनुहुन्छ। स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका गिरी को चुनाव चिन्ह जिप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *