राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

खेलकुद कला मनोरञ्जन

काठमाण्डाै – राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मनाेज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ । मुख्य प्रशिक्षकले दिएकाे राजीनामा स्वीकृत गरेकाे पनि क्यानले जनाएकाे छ । 

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गएकाे साउनमा क्यानले एक वर्षकाे सम्झाैता गर्दै प्रभाकरलाई नियुक्त गरेको थियाे । तर सम्झौताअघि नै प्रभाकरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । 

उनकाे नेतृत्वमा टिमले राम्राे प्रदर्शन गर्ने अपेक्षा गरिए पनि नेपालले पछिल्लाे समय लगातार खराब प्रदर्शन गर्दै आएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *