राष्ट्रिय झण्डा चोरी गर्ने ११ जना पक्राउ, छोडन नेताहरुको दबाब

घटना

पर्साको पर्सागढी नगरपालिका वडा नंबर ९ स्थित बडेर्बा पुलमा लगाइएको नेपालको राष्ट्रिय झण्डा चोरी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीकै सहयोगमा ११ जनालाई पक्राउ गरेको हो । पक्राउ गरिएका सबैलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ। 

पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। उनिहरुलाई छुटाउन स्थानीय नेतादेखि सांसदसम्मको दबाब आइरहेको नाम उल्लेख नगर्ने सर्तमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीकै एक प्रहरीले बताएका छन् ।

बडर्वा पुलको सौन्दर्यकरणका लागि स्थानीयबासीले पुलमा लगाएको ५० भन्दा बढी झण्डा बुधबारराति उच्छृंखल युवाहरुको एक समुहले चोरी गरेको थियो । पुलको झण्डा चोरी भएपछि स्थानीयले प्रहरीमा खबरगरेपछि प्रहरीले झण्डा चोर्ने ११ जनालाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *