
लमजुङ ।गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ ।
जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा विनियोजित चालु र पुँजीगत बजेटमध्ये एक अर्ब २४ करोड ९२ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका सबै कार्यालयका लागि चालुतर्फ ५५ करोड ४४ लाख ६ हजार रुपैयाँ विनियोजन भएको थियो भने पुँजीगततर्फ एक अर्ब १३ करोड नौलाख ६५ हजार रुपैयाँ विनियोजन भएको थियो । जिल्लाका कार्यालयमध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयबाट रकम फिर्ता भएको छ । पूर्वाधार विकास कार्यालयबाट मात्रै २४ करोड ७८ लाख ९२ हजार ६ सय ५९ रुपैयाँ फिर्ता भएको हो ।


