ललितपुरको एकान्तकुनामा टिपरमा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयो

समाचार

काठमाण्डाै – ललितपुरको एकान्तकुनामा भएको दुर्घटनामा एक जनाकाे ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति ९ बजे रोकिराखेको बा ३ ख ५७७ नम्बरको टिपरमा वाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक खोटाङ घर भइ ललितपुरको ठेचो बस्ने २३ वर्षका ठगिन्द्र राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा अल्का अस्पतालमा ज्यान गएको हो । यस्तै, मोटरसाइकलको पछाडि बस्ने ललितपुरको महालक्ष्मी १४ बस्ने ३५ वर्षका सुरज अधिकारीको अल्का अस्पतालमा नै उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *