श्रीलंका संकट : राष्ट्रपति निवासभित्र कोही प्रदर्शनकारी पौडी खेल्दै, कोही चिया पिउँदै

सबै

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् ।राष्ट्रपति निवासभित्र प्रदर्शनकारीहरू पौडी खेलिरहेको तथा सोफामा बसेर चिया पिइरहेको भिडियो सार्वजनिक भएका छन् । सार्वजनिक भिडियो फुटेजमा कोही डाइनिङ टेबलमा बसेर खानेकुरा खाइरहेका देखिन्छन् भने कोही ओछ्यान वरिपरि घुमिरहेका देखिन्छन् ।

उनीहरूले राष्ट्रपति निवास प्रवेशमा रोक्न सुरक्षाकर्मीले हवाइ फायर तथा अश्रुग्याँस प्रहार गरेका थिए । तर, हजारौँमा आएको भिडलाई सुरक्षाकर्मीले रोक्न सकेनन् ।विदेशी मुद्राको सञ्चिति सकिएपछि श्रीलंकाले इतिहासकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभावमा इन्धन, खाद्यन्न तथा औषधि आयात गर्न सकिएको छैन ।श्रीलंकाली जनता राजापाक्षे परिवारसँग आक्रोशित बनेका छन् । सन् २००९ देखि सरकारको नेतृत्वमा रहेको राजापाक्षेको परिवारकै कारण श्रीलंकाले संकटको सामना गरेको उनीहरूको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *