सर्वसम्मत सिफारिस हुन सकेनन् अग्नि खरेल र दुर्गा प्रसाईं, झापाबाट एमालेका को-को सिफारिस?

राजनीति

झापा – नेकपा एमाले झापाका क्षेत्रीय कमिटीहरूले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि सबै उम्मेदवारहरूको नाम सिफारिस गरेका छन्।

झापाको ५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि १५ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. ५ मा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसमा सदस्य रविन कोइराला सर्वसम्मत सिफारिस भएका छन्।

क्षेत्र नं. २ मा पार्टीका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेल, प्रदेश इन्चार्ज देवराज घिमिरे, बिर्तामोडका निवर्तमान मेयर ध्रुव कुमार शिवाकोटी र बहालवाला सांसद पवित्रा निरौला खरेलको नाम सिफारिस गरिएको छ। धेरै समयदेखि झापा २ का लागि अग्नि खरेलको नाम चर्चामा आए पनि उनी सर्वसम्मत हुन सकेनन्।

क्षेत्र नं. ३ मा पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित मोहन रेग्मी, लोकनाथ भट्टराई, रविना ढकालको नाम सिफारिस गरिएको छ। झापा ३ मा दुर्गा प्रसाईं सर्वसम्मत सिफारिस हुने चर्चा चले पनि उनी पनि सर्वसम्मत सिफारिस हुन सकेनन्।

झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य एलपी साँवासहित ५ जनाको नाम सिफारिस गरिएको छ। साँवासहित हिरा थापा, होम गौतम, चन्द्र शेर्मा र भोजकुमारी नेपालको नाम सिफारिस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *