

आज बिहान त्रीशुली मा दुर्घटना भएको २ वटा बस को खोजतलास गर्ने क्रममा घटना स्थलबाट एन्जल डिलक्स बसको पर्दा पानी भित्रबाट भेटिएकोले पनि बस सोही स्थानमा हुन सक्ने अनुमान रहेको छ । त्रीशुली नदिको पानी अत्याधिक धमिलो भएकोले पनि उद्दारमा कठिनाइ भएको र आज लाई उद्दार कार्य बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।