नयाँ नागरिकता विधेयक ल्याउने तयारी

सबै

सरकारले नयाँ नागरिकता विधेयक ल्याउने तयारी गरेको छ ।बुधबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा सरकारले नयाँ नागरिकता विधेयक ल्याएर दर्ता गराउने तयारी गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयकफिर्ता लिने निर्णय गरेको थियो ।

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेकाले मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरेको हो ।अब आज बस्ने प्रतिनिधिसभाको बैठकमा औपचारिकता पूरा गरेर विधेयक फिर्ता लिनु पर्ने छ । सरकारले बुधबार नै नागरिकता सम्बन्धि अर्को विधेयक लैजाने तयारी पनि गरेको छ ।सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा बैवाहिक अंगिकृत सम्बन्धि बुँदा झिकेर नयाँ विधेयक संसदमा लैजाने सहमति बनेको हो । तर अंगिकृत नागरिकका नेपालमै जन्मिएका सन्तानहरुलाई भने वंशजको नागरिकता दिने सहमति पनि भएको बुझिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *