सल्लाघारीमा सवारी दुर्घटना: सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति

सबै

सल्लाघारीमा सवारी दुर्घटना: सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति भक्तपुर ।भक्तपुरकाे सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ ।घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका- ४ का राजकुमार भुजेल गरी तीनजनाको निधन मृत्यु भएकाे थियाे । जसबारे भक्तपुर क्षेत्र नम्बर २ का सांसद बस्नेतले संसदमा दिएको अभिव्यक्तिको विरोध भएको हो ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांसद बस्नेतले घटनाबारे सत्यतथ्य नबुझी हचुवामा भक्तपुर नगरपालिकाको लापरबाही भनेकाेमा आपत्ति जनाएका हुन् । घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरू रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरूको स्थिति बुझेको नगरपालिकाले जनाएको छ । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरूको उपचार गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्कीसमेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरेको जनाइएको छ । सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटना दोहाेरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *