प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयले बैठकका लागि सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव समेत कार्य सूचीमा समेटिएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा […]

Continue Reading

राजमार्गमा हिलो र धुलोले सास्ती

पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । पोखरा–मुग्लिन सडक आयोजना र मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक समयमा नबन्दा वर्षात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । दुवै राजमार्गबाट आउजाउ गर्ने सर्वसाधारण यात्रु र स्थानीयवासीले हिलो र धुलोको सास्तीबाट कहिले […]

Continue Reading

मुग्लिन–पोखरा सडक काम सुरू गरेको ३३ महिनामा ४ किलोमिटर कालोपत्रे

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ। सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो। बाह्र दशमलव पाँच किलोमिटर दूरीमा एकतर्फी कालोपत्र सकिएकामा सोही दूरीमा दुईतर्फी कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा […]

Continue Reading

हात्ती मारेको स्थानमा पुगेर अरु हात्तीले मच्चाए वितण्डा

सोमवार बिहान गोली हानेर हात्ती मारेको क्षेत्रमा अरु हात्ती राति वितण्डा मच्चाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालय र आसपासको क्षेत्रमा वितण्डा मच्चाएको हो। सोमबार राति जंगलमा रहेका हात्तीहरु पूर्वाञ्चाल विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर क्षति पुर्‍याएको छ। हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति पुर्‍याएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले […]

Continue Reading

माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका सांसद सीके राउत, प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागे

काठमाडौँ — सभामुख देवराज घिमिरले जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउ परेकोबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग जानकारी मागेका छन् । सभामुखले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई फोनगरी पक्राउ परेकोबारे जानकारी […]

Continue Reading

दिलभुषण पाठक कान्तिपुर टिभीबाट लिए बिदा, नयाँ प्रधान सम्पादकमा विजय पौडेल

कान्तिपुर टेलिभिजनको सम्पादकीय नेतृत्व हेरफेर हुने भएको छ। प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामाको घोषणा गरेसँगै कान्तिपुर व्यवस्थापनले नयाँ प्रधानसम्पादकको रूपमा विजय पौडेललाई नियुक्ति दिने तयारी गरेको छ। प्रधानसम्पादक पाठकले कान्तिपुर टेलिभिजन छोडेको घोषणा गरे पनि कतिपय प्राविधिक कुराहरू मिल्न बाँकी रहेकाले लिखित राजीनामा भने बुझाइ नसकेको सेतोपाटीलाई बताए। ‘समाचार टिमका साथीहरूलाई कान्तिपुर टेलिभिजन छोड्न लागेको […]

Continue Reading

नेपाल एअरलाइन्सले लिलामीमा राख्यो पुराना ५ वटा जहाज

काठमाण्डाै – नेपाल एअरलाइन्सले पुराना ५ वटा जहाज लिलामीमा राखेको छ । आज एक सूचना निकालेर नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ । आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु […]

Continue Reading

फेरी घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।  दोस्रो वर्गअन्तर्गत […]

Continue Reading

तपाईँको मेसेन्जरमा देखिएको इन्ड-टु-इन्ड इन्क्रिप्सन के हो ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मेसेन्जर एपमा हालै डिफल्ट रूपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर सुरु भएको छ  । यसअघि प्रयोगकर्ताले आवश्यकता अनुसार आफैं सुचारु गर्नुपर्ने फिचर कम्पनीले प्रयोगकर्ताको गोपनीयताका लागि उपयुक्त हुने भन्दै डिफल्ट बनाएको छ । त्यसोभए के हो इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर अनि प्रयोगकर्ताका लागि यो किन उपयुक्त हुन्छ ? आज हामी यही विषयमा विस्तृतमा चर्चा […]

Continue Reading

तराईबासी र कालो छाला हुनुपनी काठमान्डौको लागि अभिशाप ! यहाँ गरिबको उपचार हुदैन -: पिडीत

दिपेन्द्र कडेल ( पिडीत को साथी) ईमर्जेन्सी बिरगंज बाट काठमान्डौ लिभर डिजिज उपचारको लागि एम्बुलेन्समा आईपुग्यो !  सर्बप्रथम उ वीर अस्पताल पुगेछ अस्पतालले ईमर्जेन्सीमा समेत नराखी एम्बुलेन्स बाटै दलालको सेटिङमा नेपाल नेशनल हस्पिटल कलन्की आईसियु छ भनी पठाएछ उ फेरि टिचिङ हस्पिटल गएछ त्याहा फेरि बिरकै कथा दोहोरिएछ ! एम्बुलेन्स ले प्रेशरगर्न लागेछ ! हस्पिटल […]

Continue Reading