New Zealand को Invercargill मा खुल्यो नयाँ मल, Dual Toilet ले लियो सबैको ध्यान

सबै

New Zealand को साउथ आईल्याण्डको पुछारमा रहेको Invercargill मा नयाँ मल खुलेको छ । Invercargill Central नामको उक्त मलको औपचारिक उद्घाटन आज भएको हो । Invercargill का मेयर सर टिम साडबोल्टले शुभारम्भ गरेको उक्त मलमा Farmers, Glassons, Pascoes the Jewellers, 2degrees, Merchant 1948, Michael Hill, Pagani, Mister Minit, Mobile King , Amazon लगायतका न्युजिल्याण्डको चर्चित स्टोरहरु समावेश छन् । Invercargill Central मा सबैको चर्चाको बिषय भने त्यहाँ रहेको Dual Toilet परेको छ । Invercargill Centralको Dual Toilet मा दुइटा कम्बोट छ जुन एक आपसबाट झन्डै एक मिटरको दुरीमा छ । यो शौचालयको डिजाईनलाई लिएर समाजिक संजालमा चर्चा सुरु भएको छ । एक युवकले ‘अब तपाईंले Invercargill Mall मा आफ्नो साथी भाई सँग टोइलेट गर्न पाउनु हुनेछ’ भनेर व्यङग गरेका छन् । त्यस्तै अर्का एक व्यक्तीले ‘अब आपत परेको बेला दुइटै ठाउँको प्रयोग हुने भयो’ भनेका छन् । ‘यो Dual Toilet मा अब प्रतियोगिता हुने र को प्रथम हुन्छ भन्ने कुरा रोचक हुने ‘ अर्का एक युवाले लेखेका छन् । उद्घाटन गर्ने क्रममा मेयर साडबोल्टले लाई इंकित गर्दै मलको नयाँ डिजाईन राम्रो भएको उल्लेख गरेका थिए । यि सबै बिचारका बिच मलका कर्मचारीले भने यो शौचालयको साना बच्चा भएका परिवारहरुका लागि बनाईएको बताएका छन् । Invercargill मा यो पहिलो भएता पनि न्युजिल्याण्डका अन्य शहरमा भने यस्तो टोइलेट पहिले देखि नै प्रयोगमा छन् । अकल्याण्ड, रोतोरुवा, वेलिङटन लगायतका शहरमा यस्ता टोइलेट धेरै वर्ष देखि प्रयोग भएकाले यस्लाई चर्चाको बिषय बनाउन आवश्यक नरहेको मलका कर्मचारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *