भरतपुरमा एक सय शय्याको आयुर्वेद अस्पताल बन्दै

चितवन ।  मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो […]

Continue Reading

माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।नेकपा माओवादी केन्द्रको बुधबार सुरु […]

Continue Reading

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अन्तिम समयमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। उनीहरूसँग अलगअलग सातवटा प्रदेशसभा निर्वाचनका लागि सातवटा डेस्कमा दर्ता गर्नुपर्ने कागजात थिएन। संघीय निर्वाचनका लागि आवश्यक कागजात मात्रै भएकाले […]

Continue Reading

बालेनलाई लिङ्देनको जवाफ- राप्रपाले फोहोरमा राजनीति गर्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन्।उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने प्रचारमा पनि सत्यता नभएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारूढ दलहरू र विपक्षी दल एमाले र राप्रपाले पनि सडक अवरोध गरेर फोहोर व्यवस्थापन गर्न नदिएको […]

Continue Reading

न्युजिल्यान्डको टि पुके बाट काउन्सिलरका उमेद्वार बने बैङ्कर अनीस पौडेल

न्युजिल्यान्ड । न्युजिल्यान्ड टि पुकेबाट नेपालको  अनीस पौडेल काउन्सिलर पदको उम्मेदवार बनेका छन् । युवा व्यवसायी, समाजसेवी तथा बैङ्कर पौडेल आउंदो सेप्टेम्बर 16 देखी 8 अक्टोबर मा हुने न्युजिल्यान्डको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवार भएका हुन्। स्वतन्त्रका तर्फबाट बे अफ प्रेन्टी अन्तर्गत  टि पुके वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका पौडेल अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त […]

Continue Reading

माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने 

काठमाडौँ — आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।  मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको […]

Continue Reading

बुटवलको होटलमा महिला र पुरूष मृत भेटिए, युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङ्गको कुमपुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा […]

Continue Reading

भारतमाथि फिफाको प्रतिबन्ध, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ । भारतीय फुटबल निकाय अल इन्डिया फुटबल फेडेरेसन ‘एआइएफएफ’ मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू–१७ महिला […]

Continue Reading

भरतपुरमा ट्याङ्करको ठक्करबाट पदमपुरका २२ वर्षिय युवाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ट्याङ्करको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका–२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका छन् । दुर्घटनामा गम्भिर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । नारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको […]

Continue Reading

किन ओर्लियो काठमाण्डौँमा अमेरिकी सेनाको जहाज ?

काठमाण्डौँ, ३० साउन । अमेरिकी सेनाको जहाज सोमबारकाठमाण्डौँमा ओर्लिएको छ । सोमबार काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अमेरिकी वायु सेनाको विमान अवतरण भएको हो । अमेरिकी वायु सेनाको टोली युएस एअरफोर्सको सी १३० उडानमार्फत काठमाण्डु आइपुगेको जनाइएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रुपमा सञ्चालन गर्न लागिएको ब्यालेन्स नेल २२–५५३० तालिममा सहभागी हुन […]

Continue Reading