
Aedes aegypti (एडीज एजिप्टी) जात को पोथी लामखुट्टेको टोकाईबाट मनिष मा सर्ने सरुवा रोग हो डेंगु।
यो दिनमा काट्ने लामखुट्टे हो जसले फूलको भाँडो, क्यान, वर्षा ब्यारेल, पुरानो रबर टायर आदि मा पाइने स्पष्ट र स्थिर पानीमा अण्डा पार्छ।
वयस्क लामखुट्टे घरको अन्धकार ठाउँमा आराम गर्दछ।
लक्षणहरू
- अचानक उच्च ज्वरोको सुरुवात जो २ देखि ७ दिनसम्म टिक्न सक्छ
- जोडी र मांसपेशी दुखने
- आँखाको गेडी र टाउकोको पछाडि को भाग दुखने
- कमजोरी हुने
- Skin Rashes देखा पर्ने
- ज्वरो कम हुन थाल्दा नाकबाट ब्लीडिंग हुन सक्ने
- पेट दुख्ने
- कफी रंगको पदार्थको बान्ता हुने
- गाढा रंगको मल आउन सक्ने
रोकथाम र नियन्त्रण
- लामखुट्टाहरूलाई प्रजनन गर्न बाट जोगाउन पानी ड्रम र बाल्टिन जहिले छोपेर राख्नुहोस।
- हप्तामा एक पटक फूलदानमा पानी बदल्नुहोस्।
- हप्तामा एक पटक सबै पानी कन्टेनर सफा गर्नुहोस्। छेउमा टाँसिएको लामखुट्टेको अण्डा हटाउन राम्रोसँग स्क्रब गर्नुहोस्।
- पानीको संग्रह हुनबाट जोगाउन पुरानो टायर पन्चर गर्नुहोस वा काट्नुहोस्।
- सबै प्रयोग नभएको टिन, डिब्बा, जारहरू, बोतलहरू संकलन र डिस्पोजल गर्नुहोस्।


